जनता टाइम्स

१६ श्रावण २०७७, शुक्रबार १६:२९

सरकारले ह्वातै बढायो पिसिआर परीक्षण : एकैदिन झण्डै ११ हजार स्वाब परीक्षण


काठमाडौं, साउन १६

सरकारले कोरोना भाइरस संक्रमण पत्ता लगाउन पिसिआर परीक्षणको संख्या ह्वात्तै बढाएको छ । शुक्रबारमात्रै १० हजार ७६८ जनाको परीक्षण गर्दा २२४ जना संक्रमित फेला परेका छन् ।

देशका विभिन्न २९ वटा केन्द्रबाट यति ठुलो संख्यामा परीक्षण भएको हो । योसँगै हालसम्म नेपालमा ३ लाख ७५ हजार ४१६ जनाको पिसिआर परीक्षण भएको छ । सरकारले यसअघि नै परीक्षणको संख्या बढाउने बताएपनि विभिन्न कारणले गर्दा ढिलाई भईरहेको थियो । स्वास्थ्य मन्त्रालयले यो संख्या बढाएर दैनिक १८ हजार पु¥याउने बताएको छ ।