जनता टाइम्स

१६ श्रावण २०७७, शुक्रबार १६:३९

काठमाडौं उपत्यकामा मात्रै ३८ संक्रमित, कोरोनाबाट पुनः ४ जनाको मृत्यु, मृतकको संख्या ५६ पुग्यो


काठमाडौं, साउन १६

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ३८ जना कोरोना संक्रमित फेला परेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौंमा ३२ जना, लपिलतपुरमा ५ जना र भक्तपुरमा १ जनामा कोरोना संक्रमणको पुष्टि भएको जानकारी दिनुभएको हो ।

यसैबीच पछिल्लो २४ घण्टामा ४ कोरोना संक्रमितको मृत्यु भएको छ । २४ घण्टामा देशभर २०६ कोरोना संक्रमित थपिएका छन् । यससँगै संक्रमितको संख्या १९७७१ पुगेको छ ।