जनता टाइम्स

१६ श्रावण २०७७, शुक्रबार १७:३७

कोरोना संक्रमित बढेपछि सवारी साधन सञ्चालनमा नयाँ ब्यवस्था गर्न स्वास्थ्यले पठायो गृह मन्त्रालयलाई पत्र


काठमाडौं, साउन १६

लकडाउन खुलेसँगै हटेको सवारी साधन सञ्चालन गर्ने जोरबिजोर प्रणाली पुन कायम गर्न स्वास्थ्य मन्त्रालयले गृहमन्त्रालयलाई चिठी पठाएको छ । लकडाउनपछि यातायातको सहज सञ्चालन हुँदा मानिसहरु घरबाहिर निस्कने क्रम ह्वात्तै बढेको र कोरोना संक्रमण दर समेत उकालो लागेको भन्दै स्वास्थ्यले पुन जोरबिजोर प्रणाली लागू गर्न भन्दै चिठी पठाएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले सवारी साधनमा जोरबिजोर प्रणाली लागू गर्न गत ११ साउनमै चिठी पठाएको बताउनुभयो । उहाँले एउटै चिठीमा जोरबिजोरसँगै काठमाडौं उपत्यका छिर्ने नाकामा बेलुकी ७ देखि विहान ७ बजेसम्म सवारी आवागमन रोक्न भन्दै अनुरोध पत्र पठाएको बताउनुभयो । गृहले काठमाडौं उपत्यका छिर्ने नाकामा बेलुका ७ देखि विहान ७ सम्म सवारी साधन चल्न नदिने निर्णय भने विहिबारदेखि नै लागू गरेको हो ।

उहाँले भन्नुभयो, ‘लकडाउन खुलेपनि कोरोना जोखिम घटेको छैन। बरु जोखिम बढेको छ । तर मानिसहरुले सामान्य अवस्था जस्तै भिडभाड गर्न थाले, काठमाडौं उपत्यकामा झन्झ–न् संक्रमण बढ्न थाल्यो । केशहरु छरिन थाले । त्यसैले हामीले आवातजावतमा कम गर्नका लागि पनि जोरबिजोर प्रणाली लागू गर्न भनेका हौँ ।’