काठमाडौं, साउन १९
पछिल्लो २४ घण्टामा उपत्यकामा ५१ सहित देशभर ४१८ जनालाई कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौंमा ४३, भक्तपुरका ५ र ललितपुरका ३ जनासहित देशभर ४१८ लाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।
योसंगै नेपालमा कुल संक्रमितको संख्या २० हजार ७५० पुगेको छ। पछिल्लो २४ घण्टामा थप ३५८ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको कुल संख्या १४ हजार ९६१ पुगेको छ । कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ५७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्