जनता टाइम्स

२० श्रावण २०७७, मंगलवार ११:१२

बढ्यो खतरा, एकै ब्यक्तिबाट सर्यो १७ जनामा कोरोना


बिराटनगर, साउन २० । मोरङको रंगेली नगरपालिकामा एकै परिवारका १४ जनामा कोरोना संक्रमण भएको छ । सो नगरपालिकामा सोमबार आएको पिसिआर परीक्षण रिपोर्टअनुसार २२ जनालाई कोरोना संक्रमण पुष्टि भएकोमा एकै परिवारका १४ जना रहेका हुन ।

संक्रमितमध्ये १४ जना स्थानीयबासी एकै परिवारका रहेको रंगेली नगरपालिकाका मेयर दिलिप बगडीयाले जानकारी दिनुभयो । संक्रमितमध्ये पाँच जना विद्युत प्राधिकरण रंगेली वितरण केन्द्रका कर्मचारी र तीन जना जिल्ला अस्पताल रंगेलीका कर्मचारी रहेका छन् । अस्पतालका दुई जना प्राविधिक र एक सहयोगी पनि संक्रमित भएका छन ।

गत बुधबार सोनवर्षी नगरपालिका ८ सक्टीका ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो । मृतक पुरुष रंगेलीको क्लिनिक, जिल्ला अस्पताल रंगेली हुँदै गत मंगलबार कोशी अस्पताल आइपुगेका थिए । कोशीमा रिपोर्ट पोजेटिभ देखिएपछि उनलाई धरान रिफर गरिएको थियो । धरान रिफर गरेको केही घण्टामा ति पुरुषको मृत्यु भएको थियो ।

विरामीलाई क्लिनिक र अस्पताल लगेको पाइएपछि व्यापारी र स्थानीयसहित १५६ जनाको स्वाब संकलन गरिउको थियो । स्वास्थ्यकर्मीहरुले मृतकबाटै अस्पतालका कर्मचारी र बजारका गरी १७ जनामा कोरोना सरेको आशंका गरेका छन । संक्रमित बढेपछि रंगेली नगरपालिकाले बजार क्षेत्रलाई तीन दिनका लागि सिल गरेको छ । वडा नम्बर ७ का साथै ४, ६ र ८ का केही भाग तीन दिनका लागि सिल गरिएको हो ।