काठमाडौं, साउन २०
प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को वस्तुस्थिति सम्बन्धमा विज्ञहरूसँग परामर्श शुरु गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी परामर्शमा अबको रणनीति कसरी बनाउँदा ठिक हुन्छ भन्ने विषयमा विचारहरु लिइरहनु भएको छ ।
परामर्श बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी हुनु भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।
परामर्शमा मेडिकल एसोसिएसनका अध्यक्षलगायत जनस्वास्थ्यका क्षेत्रमा क्रियाशीलहरूलाई बोलाइएको छ । कोरोना नियन्त्रण प्रभावकारी बनाउने र दोस्रो चरणको लकडाउनको मोडालिटीमा जानुपर्ने, नपर्नेबारे पनि प्रधानमन्त्रीले परामर्श गर्ने बुझिएको छ । जनस्वास्थ्यविज्ञसँग प्रधानमन्त्रीले यसअघि पनि छलफल गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्