जनता टाइम्स

२० श्रावण २०७७, मंगलवार १३:१०

कोरोना संक्रमणका शंकास्पद व्यक्तिको स्वाब संकलन गर्न उपत्यकामा तोकियो १४ बुथ (सूचीसहित)


काठमाडौं, साउन २०

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाका संकास्पद संक्रमितको खोजपड्ताल गर्न काठमाडौं उपत्यकाका थप १४ वटा अस्पताललाई नमूना (स्वाब) संकलन गर्ने बुथ तोकेको छ । मन्त्रालयले जोखिमयुक्त स्थानबाट आएका व्यक्तिहरु, संकास्पद बिरामीको सम्पर्कमा आएका व्यक्तिहरुले नजिकको बुथमा गई आफ्नो स्वाब दिन भनेको छ ।

त्यसरी तोकिएका बुथहरुमा पाटन अस्पताल, भक्तपुर अस्पताल, सिभिल अस्पताल, केएमसी अस्पताल र त्रिवि शिक्षण अस्पताल रहेका छन् । यस्तै वीर अस्पताल, टेकु अस्पताल, वीरेन्द्र अस्पताल छाउनी, प्रसूति अस्पताल, सशस्त्र (युनिफाइड) अस्पताल बलम्बुलाई पनि स्वाब संकलन गर्ने बुथ तोकिएको छ ।

यसैगरी स्टार अस्पताल सानेपा, ह्याम्स अस्पताल धुम्बाराही, नेपाल प्रहरी अस्पताल महाराजगञ्ज र नेपाल कोरिया मैत्री अस्पताललाई पनि नमूना संकलन गर्ने बुथ तोकिएको छ । यी बुथहरुमा विहान ९ बजे देखि १ बजेसम्म पुगेर नमुना दिन सकिनेछ ।

मन्त्रालयले यसबाहेक सम्पूर्ण हव अस्पताल, कोभिड क्लिनिक अस्पतालहरु, कोभिड अस्पताल लेभल १,२ र ३ अस्पतालहरुमा पनि गएर नमूना दिन सक्ने स्पष्ट पारेको छ । पछिल्ला दिनमा काठमाडौँमा जोखिमयुक्त ठाँउबाट आउने क्रम बढी भएको र संकास्पद विरामीको सम्पर्कमा गएका व्यक्तिहरुका लागि नमूना दिने उपयुक्त स्थान नभएर अफ्ट्यारो भएको भन्दै मन्त्रालयले यस्तो निर्णय गरेको हो ।