जनता टाइम्स

२० श्रावण २०७७, मंगलवार १६:२६

उपत्यकासहित देशभर २४ घण्टामा २५९ थपिए, कोरोना संक्रमित २१ हजार नाघ्यो


काठमाडौं, साउन २०

पछिल्लो २४ घण्टामा देशभर थप २५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप २५९ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घण्टामा २५९ जनामा संक्रमण देखिएको बताउनुभयो । योसंगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । योसहित डिस्चार्ज हुनेको कुल संख्या १५ हजार २६ पुगेको छ । हालसम्म नेपालमा ४ लाख ६ हजार ५९४ पीसिआर परीक्षण भएको छ । कोरोना संक्रमणबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।