जनता टाइम्स

२१ श्रावण २०७७, बुधबार १३:०२

फेरि कोरोना संक्रमित ४६ वर्षीय पुरुषको मृत्यु, मृतक संख्या ६० पुग्यो


पर्सा, साउन २१

पर्सा जिल्लामा फेरि अर्का कोरोना संक्रमितको मृत्यु भएको छ । वीरगन्जको हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचारमा उपचाररत ४६ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जानकारी दिएको छ । ज्वरो आउनुका साथै श्वास प्रश्वासमा समेत समस्या देखिएर गम्भीर बिरामी भएका उनलाई हिजो राति ९ बजे हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

वीरगन्ज महानगरपालिका–१५ का उनलाई कोरोना संक्रमण रहेको सोमबार पुष्टि भएको थियो । उपचारका क्रममा आज बिहान ५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साले जनाएको छ । यो सँगै नेपालका कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको छ ।