जनता टाइम्स

२१ श्रावण २०७७, बुधबार १६:३०

काठमाडौं उपत्यकामा थपिए ६२ कोरोना संक्रमित


काठमाडौं, साउन २१

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ६२ सहित देशभर ३८१ जनालाई कोरोना भाइरस रोग पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौंमा ५७ र ललितपुरका ५ जनासहित देशभर ३८१ लाई कोरोना पुष्टि भएको जानकारी दिनुभयो ।

कोरोना संक्रमितको सक्रिय संख्या ६१७४ रहेको छ । योसंगै नेपालमा कुल संक्रमितको संख्या २१ हजार ३९० पुगेको छ । पछिल्लो २४ घण्टामा थप १३० जना डिस्चार्ज हुनुभएको छ । त्यस्तै हालसम्म १५ हजार १५६ जना कोरोना संक्रमण मुक्त हुनुभएको छ ।