जनता टाइम्स

२१ श्रावण २०७७, बुधबार २०:३९

विहिवारदेखी जोर बिजोर प्रणाली लागू (विज्ञप्तीसहित)


काठमाडौं, साउन २१

सरकारले भोलिदेखि निजी तथा सार्वजनिक सवारी साधनमा जोर विजोर प्रणाली लागू गरेको छ ।

कोरोना भाइरसको जोखिम बढेसँगै जोर विजोर लागू गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव चक्रबहादुर बुढाले जानकारी दिनुभयो । ‘काठमाडौं उपत्यका र कोभिड–१९ को २०० भन्दा बढी सक्रिय संक्रमण केश भएका जिल्लामा अत्यावश्यक सेवा बाहेकका सार्वजनिक तथा निजी सवारी साधनहरु भोली मिति २०७७–०४–२२ गतेदेखि लागुहुने गरी जोर बिजोर नम्बरका आधारमा मात्र सञ्चालन गर्ने व्यवस्था गर्ने’, गृह मन्त्रालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

बुधबारसम्मको तथ्यांक अनुसार काठमाडौं उपत्यकासहित पर्सा, रौतहट, महोत्तरी, कैलाली र डोटीमा दुई सयभन्दा बढि सक्रिय संक्रमित रहेका छन् ।