जनता टाइम्स

२२ श्रावण २०७७, बिहीबार १३:२६

नेकपा अध्यक्ष प्रचण्डको निवासमा खटिएका ६ सुरक्षाकर्मी कोरोना संक्रमित


काठमाडौं, साउन २२

नेकपाका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारको सुरक्षामा खटिएका ६ प्रहरीमा कोरोना संक्रमण भेटिएको छ । निवासको मुल ढोकामा खटिएका सुरक्षाकर्मीमध्ये ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

निवासको सुरक्षामा खटिएकाको पिसिआर पोजेटिभ आएपनि प्रचण्डसँगै हिड्ने सुरक्षाकर्मीको रिपोर्ट भने नेगेटिभ आएको छ । नेपाल प्रहरी अस्पतालले बुधबार प्रचण्ड निवासमा खटिएका सबै प्रहरीको पिसिआर परीक्षण गरेको थियो ।