जनता टाइम्स

२२ श्रावण २०७७, बिहीबार १६:३५

काठमाडौं उपत्यकाका ८७ जनालाई भाइरस पुष्टि, मृत्यु हुनेको संख्या ६५ पुग्यो


काठमाडौं, साउन २२

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८७ जनालाई कोरोना भाइरस रोग पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ६ हजार ६२२ जनाको पीसीआर परीक्षण गर्दा काठमाडौं उपत्यकाका ८७ सहित ३६० जनालाई कोरोना पोजेटिभ देखिएको बताउनुभयो ।

उहाँका अनुसार काठमाडौंमा ७६ र ललितपुरका १० र भक्तपुरका १ जनालाई कोरोना पुष्टि भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु भएको संख्या ६५ पुगेको छ । उहाँले नेपालमा कुल संक्रमितको संख्या २१ हजार ७५० पुगेको बताउनुभयो ।