काठमाडौं, साउन २३
नेपालमा थप एक कोरोना संक्रमितको उपचारका क्रममा मृत्यु भएको छ। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत ४५ वर्षीय पुरुषको मृत्यु भएको हो। अस्पतालका निर्देशक डा. विष्णुप्रसाद शर्माका अनुसार वीरगञ्जका ४५ वर्षीय पुरुषको उपचारका क्रममा बिहीबार राती मृत्यु भएको हो ।
उहाँका अनुसार ती पुरुषलाई कोरोना पुष्टी भएपछि साउन १७ गते स्टार अस्पतालबाट पाटन अस्पताल रेफर गरिएको थियो। उपचारका क्रममा मृत्यु भएका उक्त पुरुष मधुमेह र उच्च रक्तचापका बिरामी थिए। यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६७ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्