जनता टाइम्स

२३ श्रावण २०७७, शुक्रबार १६:३०

देशभर २४ घण्टामा थपिए ४६४ संक्रमित, ४२५ डिस्चार्ज, जम्मा संख्या २२२१४ पुग्यो


काठमाडौं, साउन २३

पछिल्लो २४ घण्टामा देशभर थप ४६४ जनामा कोरोना भाइरस संक्रमण (कोभिड–१९) पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा ७ हजार ९२६ पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ४६४ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

हालसम्म ४ लाख २७ हजार ९२६ को पिसिआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घण्टामा ४६४ जनामा संक्रमण देखिएसँगै नेपालमा कुल संक्रमितको संख्या २२ हजार २१४ पुगेको बताउनुभयो ।

आज देशभर कोरोना संक्रमितको सक्रिय संख्या ६ हजार ३३० रहेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ४२५ जना डिस्चार्ज हुनुभएको छ । त्यस्तै हालसम्म नेपालमा कोरोना संक्रमणबाट १५ हजार ८१४ जना मुक्त भई घर फर्किनुभएको छ । देशका विभिन्न क्वारेन्टाइनमा १० हजार २०७ जना रहेका छन् ।