काठमाडौं, साउन २३
काठमाडौं उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौं उपत्यकामा थप १०६ जनामा कोरोना संक्रमण भएको पुष्टि भएको बताउनुभयो । काठमाडौंका ८८, भक्तपुरका ८, र ललितपुरका १० जना गरी कुल १०६ जनामा कोरोना संक्रमण देखिएको हो ।
पछिल्लो २४ घण्टामा ४६४ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २२ हजार नाघेको छ । उहाँका अनुसार कुल संक्रमितको संख्या २२ हजार दुई सय १४ पुगेको छ । नेपालमा अहिले संक्रिय संक्रमितको ६ हजार तीन सय ३० रहेका छन्। देशका विभिन्न क्वारेन्टाइनमा १० हजार २०७ जना रहेका छन् । मन्त्रालयका अनुसार नेपालमा पाँच सय बढी संक्रमित हुने जिल्ला पर्सा, रौतहट, महोत्तरी र काठमाडौं हुन् ।
हाल कोरोना संक्रमण शून्य हुने जिल्लाको संख्या भने ७ पुगेको छ । डा. गौतमका अनुसार खोटाङ, धनकुटा, संखुवासभा, रुकुम पश्चिम, मनाङ र मुस्ताङमा कोरोना संक्रमण शून्यमा झरेको हो। नेपालमा कोरोना संक्रमणबाट ७० जनाको मृत्यु भएको छ ।
प्रतिक्रिया दिनुहोस्