जनता टाइम्स

२३ श्रावण २०७७, शुक्रबार १७:४२

समुदायमै कोरोना संक्रमण फैलिएको स्वास्थ्य मन्त्रालयको जनाउ, संक्रमणबाट जोगिन यस्तो छ सुझाव


काठमाडौं, साउन २३

स्वास्थ्य मन्त्रालयले केही ठाँउमा कोराना स्थानीयस्तरमा फैलिएकाले सजगता अपनाउन आग्रह गरेको छ ।

पहिलो चरणमा विदेशबाट आएकोमा मात्र संक्रमण देखिन थालेकोमा अहिले स्थानीयस्तरमा समेत देखिन थालेको हो । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले संक्रमितहरु बढ्न थालेको र लक्षण देखिनेको संख्या बढ्दै गएको समेत बताउनु भयो ।

‘पछिल्लो समयमा लक्षण देखिने संक्रमितको संख्या बढ्दै गएको छ । पहिलो चरणको संक्रमणमा सबै जना विदेशबाट फर्किएकोमा देखिएको थियो’, उहाले भन्नुभयो, ‘पछिल्लो समयमा बन्दाबन्दी खुकुलो भएपछि स्थायीनस्तरमा समेत संक्रमण देखिन थालेको छ । काठमाडौं उपत्यकामा समेत विगतका केही दिनदेखी संक्रमितहरुको संख्या बढ्न गई आज मात्र १०६ जना संक्रमित थपिएका छन् ।’

मन्त्रालयका अनुसार अहिले ५ सय भन्दा बढि सक्रिय संक्रमित रहने चार वटा जिल्ला रहेका छन् । काठमाडौं, पर्सा, रौतहट र महोत्तरीमा बढि संक्रमित रहेको प्रवक्ता गौतमले बताउनु भयो । उहाले सातै वटा प्रदेशमा आइसोलेसन केन्द्रमा थप सात हजार बेड स्थापना गर्न दुई महिना अगाडी नै सातै प्रदेशमा ३८ करोड निकासा गरिएको बताउनु भयो ।

प्रदेश–२ र ५ लाई सात\सात करोड, सुदुरपश्चिम र कर्णाली प्रदेशलाई ६\६ करोड एंव प्रदेश–१, बागमति र गण्डकी प्रदेशलाई ४\४ करोड निकासा गरिएको उहाले जानकारी दिनुभयो ।