जनता टाइम्स

२३ श्रावण २०७७, शुक्रबार २१:३६

प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ


काठमाडौं, साउन २३

प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । प्रधानमन्त्री ओलीसहित पिसिआर रिपोर्ट नेगेटिभ आएको उहाका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिनुभयो ।

“शुक्रबार बिहान स्वाब संकलन भएको थियो। सबैको रिपोर्ट नेगेटिभ आएको छ”, प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले भन्नुभयो । बालुवाटारबाट बिहान प्रधानमन्त्रीसहित पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कानूनमन्त्री डा.शिवमाया तुम्बाहाम्फे, मुख्य सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी गरी ७ जनाको स्वाब लिइएको थियो । सबैको रिपोर्ट नेगेटिभ आएको उहाले जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीको सहभागिता रहेको एक कार्यक्रममा सामेल प्रदेश–२ का आन्तरिक मामला तथा कानून मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना संक्रमण भएको थियो । मन्त्री यादवलाई संक्रमण भएपछि प्रधानमन्त्री सहित उक्त कार्यक्रममा सामेल प्रदेश मन्त्रीहरुले समेत कोरोना परीक्षण गराउनु भएको थियो ।