जनता टाइम्स

२५ श्रावण २०७७, आईतवार १६:२४

कोरोना संक्रमण : देशभर थपिए ३८० संक्रमित, संख्या पुग्यो २२९७२


काठमाडौं, साउन २५

देशभर पछिल्लो २४ घण्टामा ३८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न ३७ वटा प्रयोगशालामा ८५१५ जनाको पिसिआर परिक्षण गरिएकोमा ३८० जनामा कोरोना संक्रमण देखिएको हो ।

आज गरिएको ८ हजार ५१५ जनाको पिसिआर सहित हालसम्म नेपालमा ४ लाख ४३ हजार ८०४ जनाको पिसिआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ३८० जनामा संक्रमण देखिएसँगै नेपालमा कोरोना संक्रमित संख्या २२९७२ पुगेको बताउनुभयो ।

आज देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ५४४ रहेको छ । त्यस्तै २४ घण्टामा ४० जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १६ हजार ३५३ पुगेको छ । क्वारेन्टाइनमा ११ हजार ३८ जना रहेका छन् ।