काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीकी पत्नी राधिका शाक्यले अभिभभावकबिहीन तीन जना बालबालिकाको संरक्षकत्व लिनुभएको छ । प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यमा प्रधानमन्त्री निबास बालुवाटारमा अयोजित एक कार्यक्रमबीच शाक्यले तीन बालबालिकाको संरक्षकत्व लिनुभएको हो ।
घरायसी झगडामा आमाको मृत्यु भई बाबु जेल चलान भएपछि अभिभावकबिहीन बनेका काठमाडौंको दक्षिणकाली नगरपालिकामा बस्दै आएका तीन बालबालिकालाई संरक्षण लिई शाक्यले एसओएस बालग्रामलाई हस्तान्तरण गर्नुभयो । आमाको हत्या गरेर बाबु कैदमा परे संगै ती तीन बालिकाहरु अलपत्र परेका थिए । गत फागु पुर्णिमाको दिनमा खोटांग जिल्ला स्थायी वसोवास भएर हाल दक्षिणकाली नगरपालिका वडा नं २ मा बस्दै आएका नबिन राईले उनकी श्रीमती पुस्पा राईको हत्या गरे पश्चात अलपत्र परेका ती बालिकाहरुको बारेमा प्रधानमन्त्री पत्नी राधिकाले विभिन्न संचार माध्यममार्फत जानकारी पाउनुभएको थियो ।
उहाँकै आग्रहमा अलपत्र बालिकाहरुको उद्दारमा सक्रिय रहेका बागमती प्रदेसका प्रदेस सभा सदस्य दिपक निरौला, वडा अध्यक्ष रामचन्द्र केसी र नगरकार्यपालिका सदस्य कविता केसी लगायततले राष्ट्रिय बाल अधिकार परिषद, बालबालिका खोजतलास केन्द्र र मानवसेवा आश्रम लगाएतको संस्थाहरुको सहयोगमा ती बालिकाहरुलाई उद्दार गरेको थियो ।
आफ्ना अभिभावक गुमाएका वर्ष १४ कि अनिशा राई, वर्ष ८ की अनुस्का राई र वर्ष ४ की आयुस्का राईको भविस्य अन्धकार हुन नदिन ति बालिकाहरुको शिक्षा र वसोवासको व्यवस्थापनको जिम्मा लिई एसओएस बालग्रामलाई दिइएको र उनीहरु आत्मनिर्भर नभइन्जेलको सम्पुर्ण लागत र अभिबावकत्व आफूले बेहोर्ने शाक्यले बताउनुभयो । उनीहरुलाई आइतवार नै एसओएस बालग्रममा रहने गरी पठाइएको छ ।

कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बर्तमान सरकार बालबालिका माहिला र ज्येष्ठ नागरिकको कुरामा निकै सचेत रहेको बताउनु भयो । सरकार एक्लैले सडक मानव र सहयोगापेक्षी रहित देश बनाउन नसकिने भन्दै प्रधानमन्त्री ओलीले यसमा सबैको सामुहिक पहलकदमीको आवश्यकता औल्याउनु भयो ।













प्रतिक्रिया दिनुहोस्