जनता टाइम्स

२६ श्रावण २०७७, सोमबार १७:२६

कोरोनाका लागि २० प्रतिशत शैय्या छुट्याउन सबै अस्पताललाई निर्देशन


काठमाडौं, साउन २६

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर रहेका सम्पूर्ण अस्पतालले आफुसँग भएकोमध्ये २० प्रतिशत बेड कोरोना संक्रमितको उपचारका लागि छुट्याउन निर्देशन दिएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले निजी, सामुदायिक, सरकारी तथा गैरसरकारी अस्पतालले २० प्रतिशत बेड छु्ट्याइ कोभिड हब अस्पतालमार्फत मन्त्रालयलाई जानकारी गराउन निर्देशन दिनुभयो ।

उहाँले सेटेलाइट अस्पतालहरुको बिरामीको उपचार तथा व्यवस्थापन हब अस्पतालले नै गर्नुपर्ने बताउनुभयो । उपत्यकासहित देशभर कोरोना संक्रमितको संख्या बढदै गएको र जटिल समस्या हुनेको संख्या समेत बढ्न थालेपछि यस्तो निर्देशन दिएको हो । आज मात्रै उपत्यकामा ४४ र देशभर ३३८ जनामा कोरोना संक्रमण देखिएको थियो । पछिल्लो समय उपत्यकासहित देशभर कोरोना संक्रमणले तिब्रता लिएको छ ।