जनता टाइम्स

२६ श्रावण २०७७, सोमबार २२:१०

हवाई उडान र लामो दुरीका यातायात तत्काल नखोल्ने मन्त्रिपरिषद्को निर्णय


काठमाडौं, साउन २६

सरकारले हवाई उडान र लामो सेवाका यातायात तत्काल नखोल्ने निर्णय गरेको छ । कोरोना संक्रमण फैलिदो रुपमा देखिएको र नियन्त्रणमा समेत कठिनाई हुन सक्ने भन्दै भदौ १ गतेबाट खोल्ने भनिएका सबै सेवा तत्काल नखोल्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार राति अवेरसम्म बसेको मन्त्रिपरिषद्को बैठकले भदौ मसान्तसम्म लामो दुरीका सार्वजनिक यातायात, शैक्षिक संस्था तथा अन्तर्राष्ट्रिय र आन्तरिक उडान नखोल्ने निर्णय गरेको छ ।

मन्त्रीपरिषद्ले अन्तराष्ट्रिय नाकामा थप कडाई गर्ने निर्णय पनि गरेको छ । यसअघि भारतसँग सीमा जोडिएका विभिन्न २० सीमा खोलेको नेपालले त्यसलाई घटाएर १० वटामा झारेको छ । शैक्षिक संस्थाका विषयमा भने सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेपछि आवश्यक निर्णय गरिने एक मन्त्रीले जानकारी दिनुभयो । शैक्षिक संस्थाका विषयमा भने सातै प्रदेशका मुख्यमन्त्रीसँग छलफल गरेपछि आवश्यक निर्णय गरिने एक मन्त्रीले जानकारी दिनुभयो ।