काठमाडौं, साउन २७
स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले राज्य दिनहुँ २२ हजार जनाको पीसीआर परीक्षण गर्न सक्ने अवस्थामा रहेको बताउनुभएको छ । उहाँले नेपालमा पहिलोपटक कोरोना संक्रमण देखिने बेलामा पीसीआर परीक्षणका लागि नमुना हङकङमा पठाउनपर्ने बाध्यता रहेकोमा हाल सरकारी संरचनामा ३२ वटा प्रयोगशालाबाट परीक्षण गर्न सक्ने भएको बताउनुभयो ।
उहाँले ३२ वटा सरकारी प्रयोगशालाबाट दैनिक १८ हजार ५०० र ए लेभलका ८ वटा निजी प्रयोगशालाबाट ३ हजार ५०० परीक्षण गर्न सकिने भन्दै आवश्यक परेको खण्डमा परीक्षणका लागि स्रोत र साधन तयारी अवस्थामा रहेको बताउनुभयो । परोपकार प्रसुती तथा स्त्रीरोग अस्पतालको ६१ औं वार्षिकोत्सव कार्यक्रममा मन्त्री ढकालले सरकारको कमी कमजोरी औल्याई सुझाव दिँदै सबैजना एकतावद्ध हुनु अहिलेको आवश्यकता रहेको औल्याउनुभएको छ ।
प्रतिक्रिया दिनुहोस्