जनता टाइम्स

२७ श्रावण २०७७, मंगलवार १८:५४

ह्वात्तै बढेयो कोरोना ग्राफ : काठमाडौं उपत्यकामा १३४ सहित देशभर थपिए ६३८ जना नयाँ संक्रमित


काठमाडौं, साउन २७ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमितको संख्इा ह्वात्तै बढेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले सार्वजनिक गर्नुभएको तथ्यांकमा पछिल्लो २४ घण्टाको कोरोना संक्रमितको संख्या ह्वात्तै बढेको देखिएको हो ।
प्रवक्त गौतमका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १३४ जना संक्रमतिसहित देशभर ६३८ जना संक्रमित थपिएका हुन । स्वास्थ्य प्रवक्ता गौतमका अनुसार थपिएकामध्ये काठमाडौंका ११०, भक्तपुरमा ८ र ललितपुरमा १६ जना रहेका छन । मंगलबार मात्रै थप ६३८ जनामा कोरोना भाइरस (कोभिड(१९) संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार नयाँसहित कूल संक्रमितको संख्या २३ हजार ९४८ पुगेको हो ।

प्रवक्ता गौतमकाअनुसार ७ हजार २०१ जना कोरोनाका सक्रिय बिरामी रहेका छन । जसमध्ये प्रदेश १ मा ५३९ जना, प्रदेश २ मा ३३४७ , बागमती प्रदेशमा १३५२, गण्डकी प्रदेशमा २२४ , प्रदेश ५ मा ६४६, कर्णाली प्रदेशमा १९७ र सुदूरपश्चिम प्रदेशमा ८९६ जना गरी कुल ७ हजार २०१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन । स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १७१ जनाले कोरोना जितेर घर फर्किएका छन । योसहित कोरोना जित्नेको कुल संख्या १६ हजार ६ सय ६४ पुगेको छ ।

यस्तै क्वारेन्टाइनमा रहनेको संख्या ११ हजार ५८ पुगेको छ भने आइसोलेसनमा ७ हजार २०१ जनाको उपचार भइराखेको छ । प्रवक्ता गौतमका अनुसार नेपालमा १८३ स्वास्थ्यकर्मी कोरोना संक्रमित भएका छन ।