जनता टाइम्स

२७ श्रावण २०७७, मंगलवार १९:०२

फेसकुब बन्यो त्यो बिभत्स हत्याको मुख्य कारक


फेसबुकमा चिनजानपछि सारिरीक सम्बन्ध : फेसबुकमै तस्वीर हाल्ने धम्की दिएपछि प्रेमीकै बिभत्स हत्या, गोंगबु हत्याकाण्डकी अभियुक्त महिला कलाकार 

काठमाडौं, साउन २७ । काठमाडौंको टोखा नगरपालिका वडा नम्बर १० स्थित गोंगबु नवज्योति मार्गमा एक पुरुषको बिभत्स हत्या गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेकी अभियुक्त कलाकार रहेको तथ्य खुलेको छ । रोल्पाका कृष्णबहादुर बोहराको हत्या आरोपमा सोमबार चितवनबाट पक्राउ परेकी कल्पना मुडवरी पौडेल पेशामा कलाकार रहेको तथ्य फेला परेको हो ।

प्रहरीका अनुसार कल्पनाले केही टेलिशृंखलामा अभिनय गरेकी छन् । उनले गत आइतवार आफ्नो घरैमा बोलाएर बोहोराको बिभत्स हत्या गरेकी थिइन । बिगत आठ महिनादेखि होटलमा बस्दै आएका मृतक बोहराको कल्पनासँग फेसबुकमार्फत चिनाजान भएको थियो । फेसबुकमार्फत चिनजान भई सम्बन्ध अघि बढाएकी पौडेलले आफ्नै घरमा खाना खान बोलाएर बिसालु पदार्थ सेवन गराई अण्डकोषमा प्रहार गरेर हत्या गरेको बयान दिएकी छन ।

प्रहरीका अनुसार रोल्पा घर भइ काठमाडौंको गोंगबुस्थित होटलमा बस्ने आएका ४५ वर्षीय कृष्णबहादुर बोहोराको हत्याको मुख्य कारण यौन शोषण देखिएको छ । मृतक तथा अभियुक्तबीच शारीरिक सम्बन्ध भएको प्रहरीले जनाएको छ । बोहोरा ८ महिनादेखि गोंगबुस्थित एक होटलमा बस्दै आएको र अभियुक्त कल्पना शाही भन्ने कल्पना मुडवरी पौडेलको कोठामा जाने आउने गरेको पाइएको प्रहरीले जनाएको छ ।

महानगरीय अपराध महाशाखाका एसएसपी दीपक थापाले हत्याको मुख्य कारण यौन शोषण भएको निश्कर्षमा प्रहरी पुगेको जानकारी दिनुभयो । ‘हत्याको मुख्य कारण यौन शोषण र नांगो तस्बिर फेसबुकमा हालेको भन्ने नै देखिन्छ । मृतक र अभियुक्तबीच ३/४ वर्षदेखि फेसबुमार्फत चिनाजानी भएर सम्पर्कमा रहेको देखियो,’ एसएस्पी थापाले भन्नुभयो, ‘मृतकले अभियुक्तको फोटो राखेर फेक फेसबुक आइडी खोलेर चलाउने गरेको र आफू अनुकूल चल्नका लागि दबाब दिने गरेको पाइएको छ ।’

प्रहरीका अनुसार सम्बन्ध बिग्रदै गएपछि काठमाडौंको गोंगबुमा शनिबार राती पौडेलले नशालु चक्की खुवाएर बोहोराको हत्या गरेको बयान दिएकी छन् । हत्यामा आफूमात्रै संलग्न भएको पक्राउ परेकी अभियुक्तले बयान दिएको प्रहरीले जनाएको छ । उनी र उनकी छोरीलाई प्रहरीले चितवनबाट हिजो पक्राउ गरेको थियो । ‘भोड्का र स्लिपिङ ट्याब्लेट दिएर बेहोस बनाएँ । हल्का बेहोस भएका समयमा ह्यामरले संवेदनशील अंगमा हिर्काएँ । त्यसपछि ढलेपछि उसको हत्या गरेकी हुँ । हत्यामा कसैको पनि संलग्नता छैन,’ प्रहरीसँगको बयानमा पौडेलले भनेकी छन । उनका अनुसार शव फाल्न भने छोरीले पनि सहयोग गरेकी थिइन् ।’

प्रहरीसँगको बयानमा ती महिलाले बाथरुममा लगेर खुट्टा र टाउको काटेर सुटकेश तथा जेब्रा झोलामा लगेर फालेको बताएकी छन् । प्रहरीले ह्यामर र दाउ पनि सार्वजनिक गरेको छ । प्रहरीका अनुसार घटनापछि ती महिला एम्बुलेन्समा चितवन गएकी थिइन । चितवनको शक्तिखोरस्थित माइती गएकी उनलाई प्रहरीले टाँडीबाट पक्रेको थियो ।