काठमाडौं, साउन २८
पछिल्लो २४ घन्टामा नेपालमा थप ४ सय ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस बिफ्रिङका क्रममा बुधबार प्रवक्ता डा. जागेश्वर गौतमले यसको पुष्टि गर्नुभएको हो ।
योसँगै हालसम्म नेपालमा कुल संक्रमितको संख्या २४ हजार ४ सय ३२ पुगेको छ । सक्रिय संक्रमितको संख्या भने ७ हजार ६ सय १३ पुगेको मन्त्रालयले जानकारी दिएको छ । यसैगरी पछिल्लो २४ घन्टामा निको भएर ६४ जना घर फर्किएका छन् ।
हालसम्म १६ हजार ७ सय २८ जना निको भइसकेका प्रवक्ता गौतमले बताउनु भयो । गत २४ घन्टामा १० हजार ४ सय ८१ पीसीआर परीक्षण गरिएको छ । हालसम्म ४ लाख ७३ हजार १ सय ७९ पीसीआर विधिबाट परीक्षण गरिएका छन् ।
प्रतिक्रिया दिनुहोस्