जनता टाइम्स

२९ श्रावण २०७७, बिहीबार १६:३५

काठमाडौं उपत्यका कोरोनाको उच्च जोखिममा : २४ घण्टामा थपिए १२७ जना नयाँ कोरोना संक्रमित


काठमाडौं, साउन २९

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १२७ सहित देशभर ५२५ जनालाई कोरोना भाइरस रोग पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले देशभर ५२५ लाई कोरोना पुष्टि भएको बताउनुभयो ।

उहाँका अनुसार काठमाडौंमा १११, ललितपुरका ११ र भक्तपुरका ५ जनासहित देशभर ५२५ लाई कोरोना पुष्टि भएको छ ।