काठमाडौं, साउन ३०
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा मात्रै ११९ संक्रमित थपिएका छन् । त्यस्तै हालसम्म नेपालमा कोरोना संक्रमणबाट ९९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार देशभर थप ५९४ जनालाई कोरोना भाइरस रोग (कोभिड–१९) पुष्टि भएको जानकारी दिएको छ ।
मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा देशभरका ३८ वटा प्रयोगशालामा ११ हजार ५७५ जनाको पीसीआर परीक्षण गरिएकोमा ५९४ जनालाई कोरोना पोजेटिभ देखिएको बताउनुभयो ।
त्यस्तै उहाँले २४ घण्टामा ४ जना कोरोना पोजेटिभ व्यक्तिको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण ९९ जनाको मृत्यु भएको बताउनुभयो । उहाँका अनुसार काठमाडौं उपत्यकामा मात्रै ११९ संक्रमित थपिएका छन् । त्यस्तै काठमाडौंमा ८३, ललितपुरमा ३० र भक्तपुरमा ६ जनामा संक्रमण पुष्टि भएको हो । देशभर कोरोना संक्रमितको संख्या २५ हजार ५५१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्