काठमाडौं, साउन ३२ । पछिल्लो २४ घण्टामा नेपालमा ६ सय ४१ जना कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार कुल १२ हजार २ सय ४७ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा ६ सय ४१ जना नयाँ कोरोना संक्रमित थपिएका हुन । । यो सँगै कुल संक्रमितको संख्या २६ हजार ६ सय ६० पुगेको छ । प्रवक्ता गौतमका अनुसार हाल देशभर ९ हजार २ सय ४१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेका छन् ।
यस्तै पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १ सय ७२ जना कोरोना संक्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १२६, ललितपुरमा ३८ र भक्तपुरमा ८ जना संक्रमित भेटिएका हुन् । संक्रमित कुन ठाउँका हुन् भन्ने मन्त्रालयले खुलाएको छैन । पछिल्लो २४ घण्टामा देशभरमा ६४१ जना संक्रमित थपिएका छन् ।













प्रतिक्रिया दिनुहोस्