काठमाडौं, भदौं १ । नेपालमा पछिल्लो २४ घण्टामा ५ सय ८१ जना कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौमतले आज आयोजित नियमित अपडेटमार्फत जानकारी दिनुभएअनुसार पछिल्लो २४ घण्टामा ५ सय ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । थपिएका संक्रमितमध्ये १ सय ७३ महिला र ४ सय ८ पुरुष छन्। आज थपिएका यीसहित हालसम्म संक्रमित हुनेको संख्या २७ हजार २ सय ४१ पुगेको छ।
त्यस्तै विगत २४ घण्टामा १ सय ६० जना निको भइ घर फर्किएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या १७ हजार ४ सय ९५ पुगेको छ। देशभर सक्रिय संक्रमितको संख्या ९ हजार ६ सय ३९ जना रहेको छ।













प्रतिक्रिया दिनुहोस्