जनता टाइम्स

२ भाद्र २०७७, मंगलवार १२:३०

कोरोनाबाट पोखरामा थप एक वृद्धको मृत्यु


पोखरा, भदौ २

कोरोना संक्रमणबाट पोखरामा थप एक जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–१६ का ८७ वर्षीय वृद्धको कोरोनाबाट ज्यान गएको गण्डकी स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

ति वृद्ध साउन ३२ गते उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या भई उपचारका लागि अस्पताल भर्ना भएका थिए । वृद्धमा कोभिड–१९ संक्रमणका अलवा उच्च रक्तचाप, मधुमेह र मिर्गौला लगायतको समस्या रहेको अस्पतालले जनाएको छ । उपचारकै क्रममा आज विहान १० बजेर ४० मिनेटमा निधन भएको हो ।

यसअघि गएराति तनहुँको व्यास नगरपालिका–१ की ५० वर्षीया महिलाको सेवा अस्पतालमा कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।