जनता टाइम्स

२ भाद्र २०७७, मंगलवार १६:२३

कोरोना संक्रमणमा ऐतिहासिक रेकर्ड : मंगलबार एकैदिन हजार बढि भेटिए


काठमाडौं, भदौ २

कोरोना संक्रमणमा अहिलेसम्मकै धेरै संक्रमित मंगलबार भेटिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज एकैदिन १ हजार १६ जना संक्रमित भेटिएका हुन् । यो अहिलेसम्म एकैदिन भेटिएको ठुलो संख्या हो ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २८ हजार २५७ पुगेको छ । सक्रिय संक्रमितको संख्या भने १० हजार ५६३ रहेको छ । मंगलबार थप ८५ जना डिस्चार्ज भएका छन् भने हालसम्म १७ हजार ५८० रहेको छ । मंगलबार देशभरी १३ हजार ४४१ पिसिआर टेष्ट भएको छ ।