जनता टाइम्स

२ भाद्र २०७७, मंगलवार १६:५२

कोरोना संक्रमणबाट थप सात जनाको मृत्यु, मृतकको संख्या ११४ पुग्यो


काठमाडौं, भदौ २

कोरोना संक्रमणका कारण थप ७ जनाको मृत्यु भएको छ । सोमबार साँझ र मंगलबार गरी ७ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको हो ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या ११४ पुगेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले काभ्रे, नवलपरासी, मोरङ, धनुषा, बाँके र कास्कीका एक÷एक पुरुष तथा तनहुँकी एक महिलाको कोरोनाले मृत्यु भएको छ ।

यसअघि हिजो सोमबार रौतहटका ३२ वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष र काठमाडौंकी ५८ वर्षीय महिला गरी तीन जनाको कोरोनाले मृत्यु पुष्टि भएको थियो ।