जनता टाइम्स

३ भाद्र २०७७, बुधबार १३:५६

काठमाडौं महानगर कोरोना संक्रमणको उच्च जोखिममा : कुन वडामा कस्तो छ अवस्था ? हेर्नाेस सूची


काठमाडौं, भदौ ३ । पछिल्लो समय काठमाडौं उपत्यकामा सबैभन्दा बढी कोरोना संक्रमित देखिन थालेका छन । उपत्यकाका तीन जिल्लामध्ये पनि काठमाडौंमा अत्यधिक बढी संख्यामा संक्रमित हुन थालेका हुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कुल संक्रमितमध्ये करिब एक तिहाइ उपत्यकाभित्रकै छन्। त्यसमा पनि काठमाडौँ महानगरभित्रका कोटेश्वर, बालाजु, बालुवाटार, घट्टेकुलो, भोटाहिटी, महाबौद्ध, शान्तिनगर, असन, बालुवाटार, कलंकी क्षेत्रमा बढी संक्रमित भेटिएका छन ।
काठमाडौं महानगरपालिकाको स्वास्थ्य सेवा विभागले जनाएअनुसार महानगरपालिकाका वडा नम्बर १८ बाहेक सबै वडामा संक्रमित भेटिएका छन।

प्रवेश विन्दुमै बढी संक्रमण

काठमाडौँ प्रवेश गर्ने तीन विन्दु कलंकी, बल्खु, सीतापाइला वडा नम्बर पर्ने वडा नम्बर १४ मै बढी संक्रमित पेलापरेका छन । सो वडामा हालसम्म वडामा ५९ जना संक्रमित भेटिएका छन । संक्रमितमध्ये तीमध्ये ६ जना निको भएका छन भने १६ जना अस्पतालमा छन। अरु सबै होम आइसोलेसनमा रहेका छन । आधाभन्दा बढी संक्रमित कंलकी क्षेत्रमा, त्यसपछि कुलेश्वर र अन्य बल्खुमा छन्।

यसैगरी कालीमाटी, ताहाचल, बाफल, सोल्टीमोड, रविभवन लगायतको क्षेत्र पर्ने वडा १३ मा ३८ संक्रमित छन । संक्रमितमध्ये होम आइसोलेसनमा १८ जना छन। महानगरपालिकाका अनुसार टंकेश्वरमा ७ जना, ताहाचालमा ६, बाफलमा ६, सोल्टीमा मोडमा ३ र रविभवनमा २ जना संक्रमित रहेका छन । यसैगरी वडा नम्बर १२ मा पर्ने टेकु क्षेत्रमा २४ जना संक्रमित छन्। जसमध्ये ४ जना अस्पतालमा छन्। बाँकी होम आइसोलेसनमा रहेका छन्।

यस्तै भोटेबहाल, त्रिपुरेश्वर, थापाथली, बबरमहल, बिजुली बजार, कुरिया गाउँ रहेको वडा ११ मा २४ जना संक्रमित छन्। जसमध्ये अस्पतालमा ५ जना र १९ जना होम क्वारेन्टिनमा छन्। वडा नम्बर १० मा एकै परिवारका ९ जना संक्रमित भएका छन । बुद्धनगर, नयाँ बानेश्वर, शिवदर्शन, मध्य बानेश्वर, पुरानो बानेश्वर क्षेत्र रहेका वडा १० मा ३६ जना संक्रमित छन्।

यस्तै गैरीगाउँ, सिनामंगल, पुरानो बानेश्वर, बत्तिसपुतली रहेको वडा नम्बर ९ मा अहिले ७ जना संक्रमित छन । यस्तै तिलगंगा, देउपतन, गौशाला, जयबागेश्वरी क्षेत्र रहेको वडा नम्बर ८ मा पाँच जना संक्रमित छन्। वडा नम्बर ७ मा पर्ने चाबहिल, मित्रपार्क, मैजुबहाल, गोपीकृष्ण क्षेत्रमा २३ जना संक्रमित रहेका छन । यसैगरी सिमलटार, चारघरे, रामहिटी, महाकाल, चुच्चेपाटी, बौद्ध क्षेत्र रहेको वडा नम्बर ६ मा ६ जना संक्रमित छन्। महानगरपालिकाका अनुसार विशालनगर, हाँडीगाउँ, मालीगाउँ, भाटभटेनी भएको वडा ५ मा २३ जना संक्रमित छन । जसमध्ये ३ जना निको भएका छन्।

वडा नम्बर ४ मा पर्ने धुम्बाराही, चुनदेवी, टुँडालदेवी क्षेत्रमा र ५४ जना संक्रमित छन्। संक्रमितमध्ये ३० जना अस्पतालमा र बाँकी होम आइसोलेसनमा रहेका छन । महाराजगञ्ज, टिचिङ अस्पताल, चक्रपथ, बाँसबारी क्षेत्र रहेको वडा नम्बर ३ मा ६२ जना संक्रमित छन्। संक्रमित हुने धेरै अस्पतालका स्वास्थ्यकर्मी र त्यहाँ कार्यरत कर्मचारी छन्। बालुवाटार, टंगाल, लाजिम्पाट, धोबीचौर रहेको वडा नम्बर दुईमा २ जना संक्रमित छन्।

यस्तै जमल, फोहोरा दरबार, दरबारमार्ग, नागपोखरी, गैरीधारा, नेपाल प्रहरी हेडक्वार्टर, कमलपोखरी क्षेत्र पर्ने वडा नम्बर एक पनि संक्रमणको मारमा रहेको छ । यस वडामा पछिल्लो दुई दिनमा थप १४ जनामा संक्रमण देखिएको छ ।

वडा नम्बर ३२ मा सबैभन्दा धेरै संक्रमित

काठमाडौं महानगरपालिकाको स्वास्थ्य सेवा विभागका कोभिड १९ उपचार फोकल पर्सन ज्ञानबहादुर ओलीका अनुसार महानगर क्षेत्रमध्ये वडा नम्बर ३२ कोटेश्वरमा सबैभन्दा बढी संक्रमित छन ।  गत साता नै संक्रमितको संख्या बढेपछि वडाले सेतीओपी मार्गस्थित असर्फी टोल सिल गरेको थियो। कोटेश्वर, तीनकुने, महादेवस्थान, नरेफाँट, जडीबुटी, पेप्सीकोला यस वडामा पर्छन्। सो वडामा हालसम्म ७२ जना संक्रमित भेटिएका छन ।

यस्तै वडा नम्बर ३१ मा २२ जना संक्रमित छन्। संक्रमितमध्ये ९ जना अस्पतालमा छन भने ११ जना होम आइसोसलनमा रहेका छन । शंखमुल, मीनभवन, शान्तिनगर, मिलन चोक, कात्यायनी चोक, पुरानो बानेश्वर यस वडामा पर्छन्। सो वडाको शान्तिनगरको खरिबोट, प्रयोगमार्गसहितका क्षेत्रमा संक्रमित भेटिएका छन ।

यस्तै वडा नम्बर ३० मा ८ जना संक्रमित फेलापरेका छन । धोबीधारा, डिल्लीबजार, ज्ञानेश्वर, मैतिदेवी रहेको यस वडामा संक्रमित ८ जनामध्ये तीन जना अस्पतालमा छन भने सोल्टी होटलको आइसोलेसनमा १ जना, बाँकी होम आइसोलेसनमा रहेका छन । यस्तै वडा नम्बर २८ र २९ का त डाक्टर नै आईसीयूमा रहेका छन । सिंहदरबार, अनामननगर, घट्टेकुलो, कालिकास्थान, डिल्लीबजार, न्यु प्लाजा रहेका वडा नम्बर २९ मा २५ जना संक्रमित छन । संक्रमितमध्ये ७ निको भएका छन भने १३ जना होम आइसोलसन र एक जना आईसीयूमा रहेका महानगरपालिका स्वास्थ्य सेवा बिभागले जनाएको छ । न्युप्लाजा र घट्टेकुलो क्षेत्रमा बढी संक्रमित रहेका छन।

यस्तै बागबजार, पुरानो बसपार्क, पुतलीसडक, धोबीधारा क्षेत्र पर्ने डा नम्बर २८मा हालसम्म १२ जना संक्रमित फेला परेका छन । महानगरपालिकाका अनुसार वडा नम्बर २७ स्थित बजारमा संक्रमणबाट एक जनाको मृत्यु भएको छ भने ४६ जना संक्रमित फेला परेका छन्। महाबौद्ध, असन, ज्याठा हुँदै ठमेलको कर्मचारी संचयकोषसम्मको क्षेत्र यो वडामा पर्छ। असन, महाबौद्ध, भोटाहिटीजस्तो बजारमा संक्रमण देखिएको छ।

यस्तै ठमेल चोक, अस्कल क्याम्पस, गल्कोपाखा, कपुरधारा, सामाखुसी, रानीबारी, गोंगबुको नयाँ बसपार्क आदि क्षेत्र रहेको वडा नम्बर २६ मा २३ जना संक्रमित छन । संक्रमितमध्ये सात जना होम लाइसोलेसनमा र अरु अस्पतालमा रहेका छन । यस्तै वडा नम्बर २५ मा हालसम्म ८ जना संक्रमित छन्। संक्रमितमध्ये २ जना निको भएको छ। यस वडामा असन, त्यौड, नसल चोक रहेको छ । यसैगरी मुख्य ब्यापारिक केन्द्र मानिने वडा नम्बर २४, २३, २२ र २१ः मा पनि संक्रमित देखिएका छन । वडा नम्बर २४ मा पर्ने जनसेवा, बसन्तपुर, इन्द्रचौक, कुमारी चोक, इटुम्बाहाल, नरदेवी क्षेत्रमा तीन जनामा संक्रमित देखिएका छन्।

यस्तै चिकामुगल, ओमबहाल, बालसेवा स्कुल, झाँेछे रहेको वडा नम्बर २३ मा ८ जना संक्रमित छन्। जसमध्ये चार होम आइसोलेसनमा र दुई जना अस्पतालमा छन्। एक जना निको भएका छन भने एक जनालाई अन्यत्र स्थानन्तरण गरिएको छ । न्युरोड गेट, भूगोलपार्क, सुन्धारा, गणबहाल, सैनिक अस्पताल, गुच्छा टोल, ओटु पर्ने वडा नम्बर २२ मा चार जना संक्रमित भएका छन्। जैसीदेवल, भोटेबहाल, लगन, कुमारीगाल रहेको वडा नम्बर २१ मा २ जना संक्रमित अस्पतालमा छन्। यस्तै भीमसेनस्थान तावहिल कुहिटी लगायतको क्षेत्र रहेको बडा नम्बर २० मा एक जना मात्रै संक्रमित छन। वडा नम्बर १९, १७ मा पाँच महिनाको बच्चासहित एकै परिवारका चार जनामा संक्रमण देखिएको छ । मरु टोल, ढोका टोल रहेको वडा १९ मा एकै परिवार चार जनामा संत्रमण भएको छ।

यस्तै ठहिटी, क्षेत्रपाटी, खुसिबु क्षेत्र रहेका वडा १७ मा सात जना संक्रमित भेटिएका छन । यस्तै सोह्रखुट्टे, बालाजु, पनस्थली, चमती, माछापोखरी, बालाजु बाइपास समेटिएको वडा १६ मा ५२ जना संक्रमित छन । सुरुमा बालाजु औद्योगिक क्षेत्र विकास समितिमा काम गर्ने धनुषाबाट आएका एक मानिसमा देखियोकोमा त्यसपछि मैदा कारखानामा १६ जनामा संक्रमण भएको थियो । सो वडामा ४ जना बालाजु चोक निवासी, नयाँ बजारमा ६ जना, बनस्थली चोकमा ९, बालाजु बाइपासमा ६, सोह्रखुट्टेमा दुई, खरिबोट र पकनाजोल एकएक जना संक्रमित भएका छन । यसैगरी स्वयम्भू, भुइँखेल रहेको वडा नम्बर १५ मा १८ जना संक्रमित छन्। जसमध्ये होम आइसोलेसनमा ६ र अस्पतालमा ६ जना रहेको बताइन्। ५ जना निको भइसकेका छन्।