काठमाडौं, भदौ ४ । नेपालमा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकासहित देशभर ७ सय ७ जना कोरोना संक्रमित थपिएका छन ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजित नियमित पत्रकार सम्मेलनमा दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय जनासहित पछिल्लो २४ घण्टामा ७ सय ७ जनामा कोरोना संक्रमण भएको हो ।
प्रवक्ता गौतमका अनुसार हालसम्म १७ हजार ९ सय ६४ जनाले कोरोना जितेर डिष्चार्ज भएका छन ।













प्रतिक्रिया दिनुहोस्