जनता टाइम्स

४ भाद्र २०७७, बिहीबार १७:३०

परराष्ट्रमन्त्रीलाई प्रवासी नेपालीको मार्मिम पत्र


काठमाडौं, भदौ ४ । प्रसासी नेपाली एकता मञ्च कतारले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई पत्र लेख्दै बिदेशमा अलपत्र परेका नेपाली नागरिकको तत्काल उद्धारको ब्यवस्था गर्न माग गरेको छ ।

एकता मञ्च कतारका अध्यक्ष चानक पोखरेल र सचिव मोहन कार्कीले आज मन्त्री ज्ञवालीलाई मार्मिम पत्र लेख्दै अलपत्र परेका नेपालीको उद्धारका लागि तत्कालै पहल गरिदिन आग्रह गरेको हो ।

पत्रमा कतार लगायतका मुलुकका लागि तय गरिएको चार्टड फ्लाइट तत्काल सुचारु गरी उद्धारको ब्यवस्था मिलाउन आग्रह गरिएको छ । पत्रको कार्यान्वयन र जानकारीका लागि प्रधानमन्त्री कार्यालयसहित संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री योगेश भट्टराई र कतारका लागि नेपाली राजदुत डा. नाराद भारद्वाजलाई बोधार्थ दिइएको छ ।