जनता टाइम्स

५ भाद्र २०७७, शुक्रबार १६:२२

काठमाडौं उपत्यकामा थपिए २०८ जना कोरोना संक्रमित


काठमाडौं, भदौं ५ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ८ जना कोरोना संक्रमित थपिएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजित नियमित अपडेटमार्फत दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । उहाँका अनुसार काठमाडौंमा १ सय ८२, ललितपुरका २५ जना र भक्तपुरमा १ जना संक्रमित थपिएका हुन ।