जनता टाइम्स

५ भाद्र २०७७, शुक्रबार १६:२२

थप ११ जना कोरोना संक्रमितको मृत्यु


काठमाडौं, भदौ ५

कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा थप ११ जना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार २४ घण्टामा ११ जनाको मृत्यु भएको जानकारी दिनुभयो ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १३७ पुगेको छ । उहाका अनुसार एक महिला र दश पुरुषको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा मोरङ, पर्सा, बारा, सप्तरी, सर्लाही, काठमाडौं, ललितपुर, चितवन, मकवानपुर, दोलखा र प्युठानका व्यक्तिको मृत्यु भएको प्रवक्ता गौतमले जानकारी दिनुभयो ।

पछिल्लो दुई दिनमा आइसियु र भेन्टिलेटरमा राख्ने संक्रमितको संख्या पनि बढ्दै जान थालेको छ । जसमध्ये प्रदेश–१ मा १६, प्रदेश–२ मा ४६, बागमति प्रदेशमा ५२, गण्डकी प्रदेशमा ६ र प्रदेश– ५ मा १३ जना संक्रमित आइसियुमा रहेका छन् । यसैगरी बागमति प्रदेशमा १५ जना भेन्टिलेटरमा रहेका गौतमले जानकारी दिनुभयो ।