जनता टाइम्स

५ भाद्र २०७७, शुक्रबार १६:२७

२४ घण्टामा ८३८ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, भदौं ५ । नेपालमा पछिल्लो २४ घण्टामा ८ सय ३८ जना कोरोना संक्रमित थपिएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजित नियमित अपडेटमार्फत दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ सय ८ सहित ८ सय ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उहाँका अनुसार आज देशभर सक्रिय संक्रमित संख्या १२१३२ रहेका छन । प्रवक्ता गौतमका अनुसार५ सय भन्दा बढी संक्रमित रहेको जिल्ला ६ ओटा रहेका छन । ती जिल्लामा मोरङ, पर्सा, महोतरी, रौतहट, सलाृही र काठमाडौं रहेका छन ।