जनता टाइम्स

६ भाद्र २०७७, शनिबार १६:२४

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका २१६ सहित देशभर ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं, भदौ ६ । नेपालमा पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २१६ सहित ६ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजित नियमित अपडेटमार्फत दिनुभएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा देशभर ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । प्रवक्ता गौतमका अनुसार हाल मुलुकभर सक्रिय संक्रमितको संख्या १२६२१ रहेको छ ।