जनता टाइम्स

७ भाद्र २०७७, आईतवार १४:३६

प्रसुती गृहमा कार्यरत तीन आवासीय चिकित्सक-नर्स-सुरक्षा गार्डसहित आठ जनामा कोरोना संक्रमण


काठमाडौं, भदौ ७

थापाथलीस्थित परोपकार प्रसुती गृहमा कार्यरत तीन आवासीय चिकित्सकसहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमित हुनेमा नर्स, फार्मेसीमा काम गर्ने व्यक्ति, प्राविधिक र सुरक्षा गार्डका साथै अस्पतालमा रहेको बैंकका कर्मचारी रहेका छन् ।

प्रसुति गृह थापाथली अस्पतालका अन्य बिरामीमा भने कोरोना संक्रमण देखिएको छैन । कोरोना संक्रमितमध्ये २ जना अस्पतालको आइसोलेसनमा र बाँकी होम आइसोलेसनमा रहेका छन् ।