जनता टाइम्स

९ भाद्र २०७७, मंगलवार १६:२५

देशभर थपिए ८५५ जना कोरोना संक्रमित, संक्रमितको संख्या ३३५३३


काठमाडौं, भदौ ९

पछिल्लो २४ घण्टामा देशभर थप ८५५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । देशभरका विभिन्न प्रयोगशालामा ११ हजार ३२७ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ८५५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। हालसम्म ६ लाख २१ हजार ९०१ जनाको पीसीआर परीक्षण गरिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले वितेको २४ घण्टामा ८५५ जनामा संक्रमण देखिएको बताउनुभयो । योसंगै नेपालमा कुल संक्रमितको संख्या ३३ हजार ५३३ पुगेको छ । पछिल्लो २४ घण्टामा देशभर थप ३१३ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

योसहित डिस्चार्ज हुनेको कुल संख्या १९ हजार ११९ सय पुगेको छ । यो डिस्चार्ज हुनेको ५७ संख्या प्रतिशत हो । आज आइसोलेशनमा हुनेको संख्या १४ हजार २५० रहेको छ भने त्यसैगरी होम आइसोलेशनमा ५ हजार ६६९ र संस्थागत आइसोलेसनमा ८ हजार ५८१ जना रहनुभएको छ । हालसम्म देशभरका विभिन्न क्वारेन्टाइमा १० हजार ४५३ जना रहनुभएको छ ।