जनता टाइम्स

९ भाद्र २०७७, मंगलवार १६:३६

काठमाडौं उपत्यकामा थप २३२ जनामा कोरोना संक्रमण, थप ७ जनाको मृत्यु, मृतकको संख्या १६४ पुग्यो


काठमाडौं, भदौ ९

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २३२ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौं जिल्लामा १९९, भक्तपुरमा १४ र ललितपुरमा १९ संक्रमित थपिएको बताउनुभयो ।

उहाँले मंगलबार मात्रै देशभर ८५५ जनामा कोरोना संक्रमण देखिएको बताउनुभयो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म १६४ जनाको मृत्यु भएको छ । संक्रमित मुक्त जिल्ला मुस्ताङ र हुम्ला रहेका छन् ।