काठमाडौं, भदौ १०
काठमाडौं उपत्यकामा दोस्रो पटक थपिएको निषेधाज्ञा झनै कडा बनाइएको छ । आज राति १२ बजेबाट सकिन लागेको निषेधाज्ञालाई काठमाडौ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीसहितको सुरक्षा समितिको आज बसेको वैठकले १७ गतेसम्म बढाउने निर्णय गरेको थियो ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले काठमाडौं उपत्यकामा भदौ १७ सम्म अत्यावश्यक बाहेकका सेवा तथा व्यवसाय बन्द गर्ने निर्णय गरिएको बताउनु भयो । प्रमुख जिल्ला अधिकारीले जारी गरेको आदेशअनुसार औषधि र खाद्यवस्तु खरिदबाहेक घरबाट बाहिर निस्कन नपाइने उल्लेख छ । काठमाडौं जिल्लाभित्र प्रवेश गर्ने सवारी साधनमा पनि थप कडाइ गरिएको छ ।
अत्यावश्यक सामग्री ढुवानीमा प्रयोग भएका साधन, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक अन्य सवारी साधन काठमाडौं उपत्यका प्रवेश गर्न नदिइने उल्लेख छ । जिल्ला सुरक्षा समितिलाई संक्रामक रोग ऐन–०२० को दफा २ र स्थानीय प्रशासन ऐन–०२८ को दफा ६ (३) अनुसार निर्णय निषेधाज्ञा जारी गर्ने अधिकार छ ।















प्रतिक्रिया दिनुहोस्