जनता टाइम्स

१० भाद्र २०७७, बुधबार १३:५८

स्वास्थ्यकर्मीलाई मन्त्रालयको निर्देशन : जहाँ हुनुहुन्छ त्यहीबाट काम गर्नुस्


काठमाडौं, भदौ १०

हाल समायोजन भई कार्यरत रहेका संघ, प्रदेश र स्थानीय तहका स्वास्थ्यकर्मीहरुलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जो जहाँ छ त्यहीबाट काम गर्न निर्देशन दिएको छ । मन्त्रालयले गत चैत १२ गतेको निर्णयअनुसार कार्तिकसम्म समायोजन भई काम गरिरहेकै स्थानबाट काम गर्न निर्देशन दिएको हो ।

कोरोना महामारी र संक्रमण विस्तारलाई रोक्न समायोजन तथा पदस्थापना भएको स्थानमा जान रमाना रोकी हाललाई कार्यरत निकायबाट नै तलव लिने गरि काम गर्न मन्त्रालयले सूचित गरेको छ ।