जनता टाइम्स

१० भाद्र २०७७, बुधबार १६:२४

पछिल्लो २४ घण्टामा देशभर थपिए ८८५ संक्रमित, संक्रमितको संख्या ३४ हजार ४१८


काठमाडौं, भदौ १०

पछिल्लो २४ घण्टामा देशभर थप ८८५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न १३ हजार २५३ जनाको प्रयोगशालामा पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ८८५ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो। हालसम्म नेपालमा ६ लाख ३५ हजार २५२ जनाको पीसिआर परीक्षण भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घण्टामा ८८५ जनामा संक्रमण देखिएको बताउनुभयो । योसंगै नेपालमा कुल संक्रमितको संख्या ३४ हजार ४१८ पुगेको छ ।पछिल्लो २४ घण्टामा देशभर थप ३८५ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् ।

यो सहित डिस्चार्ज हुनेको कुल संख्या १९ हजार ५०४ सय पुगेको छ । होम आइसोलेसन र संस्थागत आइसोलेसनमा बस्नको संख्या १४७३९ रहेको छ । होम आइसोलेसनमा ६ हजार २८ र संस्थागत ८ हजार ७११ जना हुनुहुन्छ ।