काठमाडौ, भदौ १० । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप ३ सय १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार उपत्यकाका विभिन्न प्रयोगशालमा गरिएको परीक्षणमा पछिल्लो २४ घण्टामा थप ३ सय १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
उपत्यकामा आज सार्वजनिक भएको तथ्यांक सवैभन्दा बढी हो । यसअघि सोमबार २२४ जना र मंगलबार २३२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । प्रवक्ता गौतमका अनुसार संक्रमितमध्ये काठमाडौंका २ सय ३० जना रहेका छन भने भक्तपुरका २४ जना र ललितपुरका ४७ जनामा कोरोना पुष्टि भएको हो ।
उपत्यकामा कोरोना संक्रमित बढदै गएपछि स्थानीय प्रशासनले गत भदौ ३ गतेदेखि निषेधाज्ञा जारी गरेको छ । निषेधाज्ञामा पनि संक्रमित नघटेपछि आज मात्रै एक साताका लागि समय थप गरिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार उपत्यकामा ३ सय १ जनासहित पछिल्लो २४ घण्टामा देशभर ८ सय ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ३ सय ८५ जना कोरोना जितेर डिस्चार्ज भएका छन । यसैगरी हाल १४ हजार ७ सय ३९ जना आइसोलेसनमा रहेका छन । जसममध्ये ६ हजार २८ जना होम आइसोलेसनमा छन भने ८ हजार ७११ जना संस्थागत आइसोलेसनमा रहेका छन ।
प्रतिक्रिया दिनुहोस्