जनता टाइम्स

१२ भाद्र २०७७, शुक्रबार १६:२६

शुक्रबार मात्रै ९२७ जनामा कोरोना संक्रमण पुष्टि : कुल संख्या ३६४५६ पुग्यो


काठमाडौं, भदौ १२

पछिल्लो २४ घण्टामा देशभर थप ९२७ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा १० हजार २२९ जनाको पीसीआर बिधिबाट गरिएको नमुना परीक्षणका क्रममा थप ९२७ जनामा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको हो ।

पछिल्लो २४ घण्टामा ३३४ पुरुष र ५९३ जना महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । हालसम्म नेपालमा ६ लाख ५८ हजार हजार ११० जनाको पीसिआर परीक्षण भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले २४ घण्टामा ११११ जनामा संक्रमण देखिएको बताउनुभयो । योसंगै नेपालमा कुल संक्रमितको संख्या ३६ हजार ४५६ पुगेको छ ।

आज संक्रिय संक्रमितको संख्या १६ हजार १९ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर थप १६९ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको कुल संख्या २० हजार २४२ पुगेको छ । यो ५६ प्रतिशत हो । हाल कोरोना संक्रमित होम आइसोलेसनमा ६ हजार ४४६ र संस्थागत ९ हजार ५७३ जना हुनुहुन्छ । क्वारेन्टाइनमा रहनुभएको संख्या ८
हजार ९३९ रहेको छ ।