जनता टाइम्स

१२ भाद्र २०७७, शुक्रबार १६:२६

काठमाडौं उपत्यकामा ह्वात्तै बढे कोरोना संक्रमित : २४ घण्टामा थपिए ४१५ जना संक्रमित (सूचीसहित)


काठमाडौं, भदौ १२ । काठडमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा ४ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजित पछिल्लो अपडेटमार्फत दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४ सय १५ जना नयाँ कोरोना संक्रमित थपिएका हुन ।

प्रवक्ता गौतमका अनुसार उपत्यकामा थपिएकामध्ये काठमाडौंका ३५० जना, ललितपुर ११ जना र भक्तपुरका ५४ जना रहेका छन ।