जनता टाइम्स

१३ भाद्र २०७७, शनिबार १६:२२

काठमाडौं उपत्यकामा थपिए १८६ जना कोरोना संक्रमित


काठमाडौं, भदौ १३ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १८६ जना कोरोना संक्रमित थपिएका छन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले आज आयोजित नियमित अपडेटमार्फत दिनुभएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा उपत्यकामा १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

संक्रमितमध्ये काठमाडौंका १५५ जना, ललितपुरका १९ जना र भक्तपुरका १२ जना रहेका छन ।